सरकारमा सहभागिताबारे रास्वपाले शुक्रबार मात्र निर्णय लिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागिताबारे शुक्रबार मात्र निर्णय लिने भएको छ । उप–निर्वाचनपछि सोमबार पहिलो पटक बसेको रास्वपाको बैठकले उक्त निर्णय लिएको हो ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको थियो । छलफलको क्रममा केन्द्रीय सदस्यहरुले सरकारमा जाने नजानेबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
छलफलमा अधिकांशले सरकारमा गएर काम गर्न सक्ने वातावरण नभएसम्म जान नहुने धारण राखेका थिए । तर, पार्टीको एजेण्डा सरकारको नीति तथा कार्यक्रममा समावेश हुन्छ भने जान पनि सकिने एक केन्द्रीय सदस्यको भनाई छ ।
