समाचार

बारा–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु हुने

बारा । बारा–२ मा सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । मतगणना उत्तरतर्फ रहेको कोहल्वी नगरपालिका वडा नम्वर ८ बाट सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत आइतबार तीन वटा...

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिन लागेका...

अनधिकृत छापिएका पात्रो नियन्त्रण गर्न गृहको परिपत्र

काठमाडौं । अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले समेत सार्वजनिक विदाका सम्बन्धमा निर्णय लिँदा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको ‘डेट प्याड’ समेतलाई...

सन्दीप लामिछानेविरुरुद्धको मुद्दाको आज सुनवाइ हुने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ । नाबालिकामाथि बलात्कारको आरोप लागेका लामिछानेको मुद्दाको सुनवाई काठमाडौं जिल्ला अदालतमा आज हुने भएको हो । चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको हो । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ...

बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

बारा । बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक बस्दैछ । सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु गर्ने तयारी छ । आइतबार सम्पन्न उप–निर्वाचनको मतपेटिका सङ्कलन राति नै सकिएको र सर्वदलीय बैठक सकिएसँगै गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । सर्वदलीय बैठकले गर्ने निर्णयको...

उप–निर्वाचन : तनहुँ १ मा १३ हजार मत गन्दा रास्वपाको अग्रता

काठमाडौं । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य उप–निर्वाचनको मतगणना हाल जारी छ । गएराति ११ः४५ बजेदेखि सुरु भएको मतगणना आज बिहान ७ः४५ बजेसम्म १३ हजार ६५ मतगणना भएको छ । उक्त मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा.स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले...

‘सुशासन तथा समृद्दिको पथमा अघि बढ्न लोकतन्त्र दिवसले सबैलाई प्रेरित गरोस्’

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मनाइँदै गरिएको लोकतन्त्र दिवसले सुशासन तथा समृद्दिको पथमा अघि बढ्न सबैलाई प्रेरित गरोस् भनि शुभकामना दिएका छन् । प्रदेश प्रमुख शर्माले सोमबार १७ औं लोकतन्त्र दिवसको अवसरमा एक सन्देश जारी गर्दै देश र जनतालाई सर्वोपरी ठानी लोकतन्त्रलाई दिगो र दरिलो...

तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रतिवेदन पेश

मकवानपुर । बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी (नेपाल भाषा) कार्यान्वयन गर्न बनेको तयारी समितिले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसमक्ष प्रतिवेदन पेश गरेको छ । आइतबार मुख्यमन्त्री कार्यालयमा समितिका संयोजक एवम् सामाजिक विकासमन्त्री कुमारी मोक्तान र समितिका विज्ञ सदस्यहरु अमृत कुमार योञ्जन, ओमकार्यश्वर श्रेष्ठले एक कार्यक्रमबीच मुख्यमन्त्री जम्मकट्टेललाई...

अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी लागूऔषधसहित विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलालीको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ सय २० मिलिग्रामसहित आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ ।...