मोटरसाइकलको ठक्करबाट बुढाथोकीको मृत्यु
काभ्रे । काभ्रको बनेपा नगरपालिका वडा नम्वर १३ स्थित भैँसेपाटीमा गएराति मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकी रहेका छन् ।
गएराति काठमाडौँतर्फ जाँदै गरेको बा ६३ प २७२ नंको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । दुर्घटनमा परेर गम्भीर घाइते भएका बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
