पूर्व मन्त्री ‘बादल’ का सल्लाहकार राई पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख १९, मंगलवार १०:४५
सांकेतिक तस्बिर

काठमाडौं । पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् । राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको हो । ‘बादल’ गृहमन्त्री हुँदा राई सुरक्षा सल्लाहकार रहेका थिए ।

यो प्रकरणमा यसअघि प्रहरीले अन्य ५ जनालाई पक्राउ गरिसकेको छ । यसअघि दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेका थिए । राईसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।