मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत

तु खबर संवाददाता
२०८० बैशाख १९,मंगलवार १६:१६

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । चौधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो ।

त्यस्तै, ४ सिट रहेको राप्रपाले भने कतै पनि मत दिएन । लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो । यसअघि ८ दलका ५२ र एक स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

चौधरी नेतृत्वको सरकारमा ३ जना बिना विभागीय मन्त्री रहेका छन् । माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री बनेका छन् ।