रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने

तु खबर संवाददाता
२०८० बैशाख १८, सोमबार १८:०२
file-photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति समेत रहेका लामिछानेलाई दलको नेता चयन गरेको हो ।

त्यसअघि बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउन प्रस्ताव गरेको थियो । सोहीअनुरुप नै सर्वसम्मत रुपमा लामिछानेलाई दलको नेता चयन गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

मंसिर २०७४ को चुनावमा २० सिट जितेको रास्वपामा लामिछाने नै संसदीय दलको नेतामा चयन गरिएको थियो । तर, नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि डीपी अर्याल दलको नेता भए ।

बैशाख १० को उप–निर्वाचनमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।