चट्याङ लागेर महिलाको मृत्यु

तु खबर संवाददाता
२०८० बैशाख १७, आईतवार ०९:३४
file-photo

ओखलढुङ्गा । ओखलढुंगामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, शनिबार अपराह्न वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी उनको रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको हो ।

ओखलढुङ्गामा चट्याङ लागेर बैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ । जिल्लामा बर्सेनि चट्याङका कारण जनधनको क्षति हुने गरेको छ ।