रास्वपा संसदीय दलको नेता अर्यालले दिए पदबाट राजीनामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता डोलप्रसाद अर्याल (डिपी) ले आफ्नो पदबाट राजीनामा दिएका छन् । रास्वपाका उपसभापति समेत रहेका अर्यालले शनिबार पदबाट राजीनामा दिएका हुन् ।
शनिबार बसेको संसदीय दलको भर्चुअल बैठकमा अर्यालले राजीनामा बुझाएका छन् । अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् । उनको राजीनामा स्वीकृत गर्ने प्रक्रियामा रहेको बताइएको छ ।
सोमबार रास्वपाको संसदीय दलको बैठक बस्दैछ । सो बैठकले पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता चयन गर्दैछ ।
