पोखरीमा डुबेर मकवानपुरकी राईको मृत्यु

तु खबर संवाददाता
२०८० बैशाख १७, आईतवार ०८:२३
file-photo

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ७ हातिखोलास्थित सार्वजनिक जग्गामा सिंचाईको लागि खनेको पोखरीमा परेर शनिबार एक जना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय राम कुमार राईको छोरी ११ वर्षीया बिनिता राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कका अनुसार, शनिबार दिउँसो ३ः२० बजेको समयमा पौडी खेल्न जाने क्रममा पोखरीमा डुबी बिनिता बेहोस् भएकी उनलाई उपचारको लागि बकैया आधारभुत स्वास्थ्य केन्द्र छतिवन लगिएको थियो ।

उनको सोही स्वास्थ्य केन्द्रमा साढे ४ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।