समाचार
१३ जना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिन्ह
काठमाडौं । नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८० बैशाख ६ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका १३ जना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार एक कार्यक्रमबीच उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका...
जिल्ला प्रशासन मकवानपुरले विदाको दिनमा पनि सेवा प्रवाह गर्ने
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नेपाल सरकारले राजपत्रमा दिएको सार्वजनिक विदाको दिनहरुमा पनि सेवा प्रवाह गर्ने भएको छ । प्रशासले बिहीबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले गत चैत्र २ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अन्तरगत दिएको सार्वजनिक विदाको दिनमा पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरु...
नेपाल–भारत सिमा नाका बन्द गरिने
बारा । बाराको क्षेत्र नम्बर २ मा यही बैशाख १० मा हुने उप–निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सिमा नाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले नेपाल–भारत सिमा नाका बन्द गरिने जानकारी गराएको हो । प्रशासनले एक सूचना जारी गर्दै ८ बैशाख शुक्रबार राति १२ बजेदेखि १० गते...
ट्रकको ठक्करबाट २ जनाको मृत्यु
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको लालबन्दी नगरपालिका– ६ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कालिञ्जोर पुल नजिक भएको दुर्घटनामा महोतरी गौसलाका काका–भतिजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लालबन्दीबाट रानीगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३९००१ ख ८१५...
राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ । नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गराइरहेका राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको दिल्लीस्थीत नेपाली राजदूतावासले जनाएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई बुधवार एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको थियो ।
१५ अंकले घट्यो नेप्से, ९७ करोड ८५ लाखको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १५.७३ अंकले घटेर १९०४ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६७ कम्पनीको ३१ लाख ९४ हजार ८२७ कित्ता शेयर किनबेच हुँदा ९७ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार...
उप–निर्वाचन बहिष्कार गरौं भन्दै प्रचारप्रसार गर्ने चार जना पक्राउ
तनहुँ । आइतबार हुन लागेको उप–निर्वाचन बहिष्कार गरौँ भन्दै प्रचारप्रसार गर्ने चार जनालाई प्रहरीले तनहुँको दमौलीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुष्पलाल श्रेष्ठ, रामबहादुर बुढा, धनबहादुर परियार लगायत ४ जना रहेका तनहुँ प्रहरीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र वैज्ञानिक समाजवादी...
करिब डेढ महिनापछि पुनः संचालनमा आयो हेटौंडा सिमेन्ट उद्योग
मकवानपुर । करिब डेढ महिना अघिदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगमा बिहीबारबाट पुनः उत्पादन सुरु गरिएको छ । सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग उत्पादनको लागि आगो बाल्ने भट्टिमा प्रयोग हुने क्लिङ्करमा समस्या देखिएपछि करिब ६ हप्ताअघिदेखि बन्द रहेको थियो । उद्योग व्यवस्थापनले बाहिरबाट विभिन्न उपकरणहरु ल्याएर जडान तथा...
आदिवासी जनजाति आयोगद्वारा प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आदिवासी जनजाति आयोगले आज बिहीबार आफ्नो तेस्रो वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका सदस्य रीना रानाले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०७८÷०७९ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष पेश गरेकी हुन् । प्रतिवेदन पेश गर्दै आयोगका...
दुई लाख भारतीय नोटसहित एक जना पक्राउ
सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका–१ स्थित खाँडो खोलाबाट भारतीय नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यअन्तर्गत मधेपुरा जिल्ला ग्रामपञ्चायत रायभिर वडा नं १५ थाना वसन्तपुर घर भएका ४१ वर्षका विधानन्द कुमार विमल रहेका छन् । उनलाई बुधबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको...










