समाचार
‘नयाँवर्ष शुभकामना पञ्चर्षीय विराट महायज्ञ २०८०’ को तयारी अन्तिम चरणमा
मकवानपुर । हेटौंडामा प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको नयाँ वर्ष विराट ज्ञान महायज्ञ अन्तर्गत २०८० बैशाख २० गतेदेखि आयोजना हुने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । हेटौंडा–१० गोरक्षेश्वर क्षेत्र विकास समितिको सभाहलमा शनिबार पत्रकार सम्मेलन गर्दै नयाँ वर्ष शुभकामना पञ्च वर्षीय विराट महायज्ञ अन्तर्गत २०८० श्री गारक्षेश्वर...
हेटौंडामा साइकल रन प्रतियोगिता सम्पन्न, उपाधि मगरलाई
मकवानपुर । हेटौंडामा शनिबार नगर खेलकुद विकास समितिको आयोजनामा खुल्ला साइकल रन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । प्रतियोगितामा शनिबार बिहान हुप्रचौरबाट सुरु भएर गर्दौइ, क्याम्पाडाँडा, हटिया र...
मकवानपुर घर–जग्गा व्यवसायी संघको अध्यक्षमा मैनाली चयन
मकवानपुर । मकवानपुर घर जग्गा व्यावसायी संघको अध्यक्षमा कमलराज मैनाली चयन भएका छन् । संघको शनिबार हेटौंडामा भएको दोस्रो अधिवेशनबाट मैनालीको नेतृत्वमा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरिएको हो । यस्तै, कार्यसमितिको उपाध्यक्षमा भिम प्रसाद तिमल्सिना, राजकुमार बानियाँ र ईवाकर मैनाली चयन भएका छन् । त्यस्तै, महासचिवमा शम्भु पुडासैनी,...
आफ्नै छोराको हत्या गर्ने बुवा पक्राउ
कैलाली । कैलालीमा आफ्नै छोराको हत्या गरेको अभियोगमा प्रहरीले शनिबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ मट्यारी बस्ने ४७ वर्षीय महेश कुमार चौधरी रहेका छन् । उनलाई आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,...
सरकारले एक महिनामा साढे ३३ अर्ब रकमान्तर गर्यो
काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत्र महिनामा पुँजीगततर्फ रू एक करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’ अनुसार ३३ अर्ब ३४ करोड ४५...
चट्याङ लागेर एक वृद्धको ज्यान गयो
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गएराति चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ । ज्यान गुमाउने सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरिया रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार, उनलाई घरैमा बसिरहेको अवस्थामा चट्याङ लागेको हो । इलाका प्रहरी कार्यालय तेल्लोकको टोली घटनास्थलमा गएको छ...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, शनिबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको...
नेपाल प्रहरीका १८ जना एसपी एसएसपीमा बढुवा सिफारिस
काठमाडौं । नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार दिउँसो बसेको बढुवा समितिको बैठकले १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार...
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा ढकाल
काठमाडौँ । प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा मनोनयन भएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७३ बमोजिम विभिन्न १० विषयगत समितिमा रहने सांसद्हरुको नाम सभाको स्वीकृतिको लागि पेश गरेका थिए । जसमा ढकालको नाम अन्तर्राष्ट्रिय सम्बन्ध...
संसद्को चालु अधिवेशन अन्त्य
काठमाडौं । संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको हो । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए । कार्यबाहक राष्ट्रपति यादवले मन्त्रिपरिषद् बैठकको निर्णयको सिफारिसमा संसद् अधिवेशन...










