संसद्को चालु अधिवेशन अन्त्य

तु खबर संवाददाता
२०८० बैशाख १६, शनिबार ०९:०४
file-photo

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको हो ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए ।

कार्यबाहक राष्ट्रपति यादवले मन्त्रिपरिषद् बैठकको निर्णयको सिफारिसमा संसद् अधिवेशन अन्त्य गरेका हुन् ।

बैठकमा यसअघि सभामुख घिमिरेले यस अधिवेशनमा प्रतिनिधिसभा बैठकबाट भएका काम कारबाहीको विवरण सुनाएका थिए ।