मकवानपुर घर–जग्गा व्यवसायी संघको अध्यक्षमा मैनाली चयन
मकवानपुर । मकवानपुर घर जग्गा व्यावसायी संघको अध्यक्षमा कमलराज मैनाली चयन भएका छन् । संघको शनिबार हेटौंडामा भएको दोस्रो अधिवेशनबाट मैनालीको नेतृत्वमा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
यस्तै, कार्यसमितिको उपाध्यक्षमा भिम प्रसाद तिमल्सिना, राजकुमार बानियाँ र ईवाकर मैनाली चयन भएका छन् ।
त्यस्तै, महासचिवमा शम्भु पुडासैनी, सचिवमा विजय गौतम, कोषाध्यक्षमा कृष्ण प्रसाद चौलागाई र सह–कोषाध्यक्षमा दिपेन्द्र यादव चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः राज कुमार थिङ, गोपाल कृष्ण नेपाल, गणेशबहादुर भोलन, शंकरबहादुर राउत र राज कुमार बास्तोला रहेका छन् ।
