आफ्नै छोराको हत्या गर्ने बुवा पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख १६,शनिबार १६:१८

कैलाली । कैलालीमा आफ्नै छोराको हत्या गरेको अभियोगमा प्रहरीले शनिबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ मट्यारी बस्ने ४७ वर्षीय महेश कुमार चौधरी रहेका छन् ।

उनलाई आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, महेश कुमारले आफ्नै घरभन्दा अन्दाजी १ सय ५० मिटर टाढा जङ्गलमा अर्जुन चौधरीलाई इँटा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

सो खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।