समाचार
निर्वाचन आयोगले उपराष्ट्रपतिलाई बुझायो उप–निर्वाचनको प्रतिवेदन
काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति रामसहाय यादवसमक्ष प्रतिनिधि सभा सदस्य उप–निर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको छ । राष्ट्रपति रामचन्द्र पौडल अस्वस्थ भई दिल्लीमा उपचारत रहेकाले उनको अनुपस्थितिमा निर्वाचनको परिणामको प्रतिवेदन उपराष्ट्रपति यादवलाई बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा...
नवनिर्वाचित सांसद लामिछाने र वाग्लेले लिए शपथ
काठमाडौं । प्रतिनिधि सभा सदस्य उप–निर्वाचनबाट निर्वाचित सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् । यही बैशाख १० गते सम्पन्न उप–निर्वाचनबाट निर्वाचित भएका चितवन २ का सांसद रवि लामिछाने र तनहुँ १ का सांसद स्वर्णिम वाग्ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई सभामुख...
बालबालिकालाई छुटेको खोप लगाइँदै
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज देशभरी एकैसाथ खोप लगाउँदैछ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज र बैशाख ३१ गते दुई दिन खोप लगाउन थालिएको जानकारी दिए । उनले दुई दिन खोप...
ट्याक्टरमा लोड गरेको रडले घोच्दा सैनिक जवानको मृत्यु
बारा । बाराको सिसहनियामा ट्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, बा ८० प ८२८० नंको मोटरसाइलमा सवार मृतक वीरगञ्जबाट कलैया जाने...
९७ करोड बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । ५ वर्षे वैदेशिक रोजगार बचतपत्र, २०८५ जारी गर्ने भएको हो । इच्छुक नेपाली रोजगारहरुले उक्त बचतपत्रमा लगानी गर्न सक्नेछन् । बचतपत्रमा अधिकतम ११ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो
चितवन । चितवनको भरतपुर महानगरपालिका–२८ साझापुरमा गएराति मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, गएराति ना २२ प ६८०० नंको मोटरसाइकलले ठक्कर दिँदा महतो गम्भीर घाइते भएका थिए ।...
राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरको नेतृत्वमा स्याङ्तान
मकवानपुर । राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरको अध्यक्षमा मिरा स्याङतान चयन भएकी छन् । मञ्चको बिहीबार हेटौंडामा भएको सातौं जिल्ला अधिवेशनबाट स्याङ्तानको नेतृत्वमा कार्यसमिति चयन गरिएको हो । यस्तै, मञ्चको उपाध्यक्षमा जयबहादुर वाईव, देवकृष्ण थोकर, सचिवमा विष्णु आचार्य, सहसचिवमा सुलाल गोले, कोषाध्यक्षमा ठुलीमायया मुक्तान चयन भएका छन् । यसैगरी,...
उप–निर्वाचनबाट निर्वाचित सांसदहरुले शपथ लिँदै
काठमाडौं । उप–निर्वाचनबाट निर्वाचित भएका तीन जना प्रतिनिधि सभा सदस्यहरुको आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । बैशाख १० गते सम्पन्न उप–निर्वाचनमा बारा २ बाट निर्वाचित उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान साढे ११ बजे शपथ...
सरकारी कार्यालय वरपर १० मिनेट सरसफाई अभियान संचालन गर्न आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगू नियन्त्रणका लागि अबदेखि हरेक शुक्रबार कार्यालय वरपर १० मिनेट सरसफाई अभियान संचालन गर्न आग्रह गरेको छ । यसवर्ष पनि डेंगूका बिरामी बढ्नेसक्ने अनुमान गर्दै हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट सबै सरकारी तथा सार्वजनिक कार्यालयका हाताभित्र र वरपर सरसफाई अभियान...
प्रतिबन्धित लागूऔषधसहित तीन जना नियन्त्रणमा
झापा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले झापाबाट तीन जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार साँझ इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका ५ मा भारतबाट नेपाल तर्फ आउँदै गरेका तीन जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीको नियन्त्रणमा हुनेहरुमा नुवाकोट तार्केश्वर गाउँपालिका ३ बस्ने ३० वर्षका सविन...










