नवनिर्वाचित सांसद लामिछाने र वाग्लेले लिए शपथ

तु खबर संवाददाता
२०८० बैशाख १५,शुक्रबार १५:५९

काठमाडौं । प्रतिनिधि सभा सदस्य उप–निर्वाचनबाट निर्वाचित सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् ।

यही बैशाख १० गते सम्पन्न उप–निर्वाचनबाट निर्वाचित भएका चितवन २ का सांसद रवि लामिछाने र तनहुँ १ का सांसद स्वर्णिम वाग्ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गरेका छन् ।

उप–निर्वाचन अन्तरगत बारा २ बाट निर्वांचित सांसद उप्रेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहे । यादव अहिले पनि काठमाडौं बाहिरै रहेकाले शपथमा अनुपस्थित भएका हुन् ।