निर्वाचन आयोगले उपराष्ट्रपतिलाई बुझायो उप–निर्वाचनको प्रतिवेदन

तु खबर संवाददाता
२०८० बैशाख १५,शुक्रबार १६:१४

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति रामसहाय यादवसमक्ष प्रतिनिधि सभा सदस्य उप–निर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडल अस्वस्थ भई दिल्लीमा उपचारत रहेकाले उनको अनुपस्थितिमा निर्वाचनको परिणामको प्रतिवेदन उपराष्ट्रपति यादवलाई बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६२ बमोजिम प्रतिनिधि सभा सदस्य उप–निर्वाचन, २०८० निवार्चन परिणामसहितको प्रतिवेदन पेश गरेका हुन् ।