समाचार
जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्रको फारम निःशुल्क भरिने
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजदेखि नागरिक सहायता कक्षाबाट निःशुल्क सेवा सुरु गरेको छ । प्रशासनले आजदेखि निःशुल्क रुपमा राहदानी तथा राष्ट्रिय परिचयपत्रको फारम भर्ने कार्य सुरु गरेको हो । प्रशासनले आफ्नो कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी एवम् सेवाग्राहीमैत्री बनाउने उद्देश्यले सेवाग्राही आफैले भरी पेश गर्नुपर्ने राहदानी...
नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न
काठमाडौं । नेपाल–संयुक्त अधिराज्य द्विपक्षीय परामर्श संयन्त्र (बिसिएम) को छैटौं बैठक सम्पन्न भएको छ । बैठक बुधबार लण्डनस्थित विदेश, राष्ट्रमण्डल र विकास कार्यालयमा सम्पन्न भएको हो । बैठकमा दुवै पक्षले नेपाल–बेलायत सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै पारस्परिक हितका विभिन्न क्षेत्रमा संलग्नता बढाउने विषयमा छलफल भएको लण्डनस्थित नेपाली दूतावासले...
शेयर बजारमा झिनो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज २.२७ अंकले घटेर १८८९ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २६९ कम्पनीको २१ लाख ७४ हजार २१४ कित्ता शेयर किनबेच हुँदा ७३ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार...
राष्ट्रिय सभाको बैठक स्थगित
काठमाडौं । आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको हो । विशेष कारणवश आजको बैठक स्थगित भएको र भोलि बैशाख १५ गते अपराह्न ४ बजे बस्ने गरी स्थगित भएको राष्ट्रिय सभा अध्यक्षका प्रेस सल्लाहकार...
एनसेलले अब ९७० रेञ्जबाट नम्बर उपलब्ध गराउने
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल आजियटाले अब ९७० रेञ्जबाट प्रयोगकर्तालाई मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । एनसेलले बिहीबार एक सूचना जारी गर्दै ९८० रेञ्जमार्फत नम्बर उपलब्ध गराउँदै आएको रेञ्जमा सिमकार्ड सकिएकोले अब ९७० बाट नयाँ नम्बर उपलब्ध गराउन लागेको जानकारी गराएको हो । जारी सूचनामा भनिएको...
श्रीमतीले बन्चरो प्रहार गर्दा श्रीमानको मृत्यु
दाङ । दाङमा श्रीमतीले बन्चरो प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । जिल्लाको बङ्गलाचुली गाउँपालिका वडा नम्वर १ स्युजामा बिहीबार बिहान अन्दाजी ९ बजेको समयमा श्रीमती केशरा परियारको बन्चरो प्रहारबाट ६४ वर्षीय श्रीमान् रेशम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार, घरायसी विवादका कारण...
पोर्चुगल पठाइदिन्छु भनेर ठगेको आरोपमा पक्राउ
काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–१ घर भएर ललितपुर बस्ने ४० वर्षीय कृतक बहादुर साउँद रहेका छन् । ‘पोर्चुगलको प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु’ भनेर आरोपीले पीडितसँग १३ लाख ९२ हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ...
नेप्सेमा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहीबार ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत बोनसबापतको ५८ लाख २५ हजार कित्ता सेयर, प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५...
आजको मौसम : देशका पहाडी भू–भागमा क्षणिक वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहेको छ । यस्तै, आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी...
सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ । सबै जिल्लामा पाठ्यपुस्तक पुगे पनि वितरणको काम भइरहेकाले केही विद्यालयमा सहज रूपमा पुग्न अझै केही समय लाग्ने केन्द्रले जनाएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाका अनुसार करिब ९० प्रतिशत पाठ्यपुस्तक...










