समाचार
मिटरब्याजी पीडितमाथि बल प्रयोग नगर्न मानव आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ । नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना विचार राख्न पाउने अधिकारको सम्मान र संरक्षण गर्न, प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न आयोगले सरकारसँग आग्रह गरेको हो । आयोगका प्रवक्ता डा....
पर्साबाट पक्राउ परे हेटौंडाका बिक
पर्सा । पर्सा प्रहरीले जिल्लाको वीरगंज महानगरपालिका–१५ प्रतिमा चोकबाट गएराति अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले नियन्त्रित लागूऔषध नाईट्राभेट ९० ट्याब्लेट, १०० एमएलको वानरेक्स ५ बोतल र लागूऔषध चरेश जस्तो देखिने खैरो पदार्थ ८० ग्रामसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहनागरपालिका...
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
काठमाडौं । मन्त्रिपरिषद्को बैठक हाल जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा जारी बैठक केही समय अघि सुरु भएको हो । आजको नियमित बैठकले सरकारका दैनिक प्रशासनिक विषयमा निर्णय गर्ने बताइएको छ ।
कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकैदिन थप २ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको जानकारी गराएको हो । यस्तै, सोही अवधिमा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, २ हजार २९१ नमुनामध्ये ९८०...
डीआईजीमा बढुवा सिफारिसविरुद्ध उजुरी
काठमाडौं । नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने निर्णयविरुद्ध उजुरी परेको छ । बढुवाका लागि दाबेदार रहेका दुई एसएसपीले आफूहरुको नाम नसमेटिएको भन्दै लोकसेवा आयोगमा मंगलबार उजुरी दिएका हुन् । उजुरी दिनेमा एसएसपीद्वय अनुरागकुमार द्विवेदी र चक्रबहादुर सिंह रहेका छन् । बढुवा समितिको चैत्र २९ गते बसेको...
प्रधानमन्त्री प्रचण्डले गरे काठमाडौँ–तराइ/मधेश द्रुतमार्गको निरीक्षण
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन काठमाडौँ– तराइ/मधेश दु्रतमार्गको आज स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री प्रचण्डसहित रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले आज दु्रतमार्गको मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ स्थित क्षेत्रमा स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षणपश्चात पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रचण्डले...
झिनो अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६६ कम्पनीको २९ लाख ७० हजार ९२८ कित्ता शेयर किनबेच हुँदा ८६ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...
उप–निर्वाचन : तनहुँका १६ मतदान केन्द्र महिलाको जिम्मा
तनहुँ । तनहुँ–१ मा हुन लागेको प्रतिनिधि सभाको उप–निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही बैशाख १० मा हुन लागेको उप–निर्वाचनका लागि १५२ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त गरेको हो । नियुक्त भएका मतदान र सहायक...
मन्त्री साउद र राजदूत थम्पसनबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा उनीहरुबीच दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको मन्त्री साउदको सचिवालयले जानकारी दिएको छ । राजदूत थम्पसनले मन्त्री साउदलाई बधाई तथा सफल कार्यकालको...
प्रदेश सभा सचिवालयमा विधेयक दर्ता
मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा आज एउटा विधेयक दर्ता भएको छ । दर्ता हुने विधेयकमा प्रदेश सभा सचिवालयमा प्रदेशस्तरको चिठ्ठाको व्यवस्थापन तथा नियन्त्रण सम्बन्धमा बनेको विधेयक २०८० रहेको सो सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार, सचिवालयमा आज दर्ता गरिएको सो विधेयक आगामी वर्षे अधिवेशनको बैठकबाट...










