राष्ट्रिय सभाको बैठक स्थगित
काठमाडौं । आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको हो ।
विशेष कारणवश आजको बैठक स्थगित भएको र भोलि बैशाख १५ गते अपराह्न ४ बजे बस्ने गरी स्थगित भएको राष्ट्रिय सभा अध्यक्षका प्रेस सल्लाहकार दुर्गा प्रसाद शर्माले जानकारी दिए ।
