समाचार
महिला मिलन सहकारी हेटौंडाले मनायो स्थापना दिवस
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले सोमबारस्थापना दिवस मनाएको छ । सहकारीले विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्दै आफ्नो २३ औं स्थापना दिवस मनाएको हो । कार्यक्रम संस्थाको अध्यक्ष विष्णुमाया लामाको सभाध्यक्षता एवम् जिल्ला समन्वय समितिका प्रमुख ललित...
थप १०४ जनामा कोरोना पुष्टि, एकको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । सो अवधिमा १ हजार ६३२ जनामा गरिएको परीक्षणमा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज सोमबार थप ६० जना...
अवैध लागूऔषधसहित पाँच जना प्रहरीको फन्दामा
काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले देशका कास्की, कञ्चनपुर, मोरङ र कैलाली जिल्लाबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले कास्कीको पोखरा महानगरपालिका–९ चिप्लेढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर ३३ ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही...
नौ महिनामा १४ अर्ब नाफा विदेशियो
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा करिब रु साढे १४ अर्ब विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार रु १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ लाभाशंवापत बाहिरिएको हो । विभागले यस अवधिमा रोयल्टीबापत रु दुई अर्ब ११ करोड...
५९ जिल्लाका विद्यालयमा पुग्यो पाठ्यपुस्तक
काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको छ । गत चैत्र २४ गतेदेखि बैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । सोमवार पाठ्यपुस्तक बिक्री वितरण र छपाइको विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री...
मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार मात्रै बस्ने
काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक अब मंगलबार मात्रै बस्ने भएको छ । यसअघि हप्ताको दुई दिन बस्दै आएको मन्त्रिपरिषद्को नियमित बैठक अब एक दिन (मंगलबार) मात्रै बस्ने भएको हो । यसअघि मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको थियो । यसलाई परिवर्तन गरेर हप्ताको एकदिन मंगलबार मात्रै मन्त्रिपरिषद्को...
शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको दोस्रो दिन अर्थात् नयाँ वर्ष २०८० को दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक २३ अंकले घटेको छ । नेप्से इन्डेक्स १.२२ प्रतिशतले घटेर १९०८ को विन्दुमा कायम हुन पुगेको छ । नयाँ वर्ष लागेसँगै शेयर बजार...
गौरवका योजनाहरु छिटो सम्पन्न गर्ने गरी नीतिगत निर्णय गर्न सांसदको माग
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरूको काम छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय गर्न सरकारसँग माग गरेका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा पेश गरिएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०६७/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्याङ्कन प्रतिवेदन २०७९ माथिको छलफलमा...
ट्रकको ठक्करबाट २ जनाको मृत्यु
दाङ । दाङमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले घोराही उपमहानगरपालिका–११ खैरा नजिकै लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा मोरटसाइकल चालक घोराही–११ खैरा...
ल्यापटप चोरेको आरोपमा एक किशोर पक्राउ
बुटवल । बुटवलमा सोमवार ल्यापटप चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–१३ लालीगुँरास पथका एक स्थानीयको कोठामा पसेर ल्यापटप सहितको सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १९ वर्षीय शुक्र परियार रहेको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको...










