पोर्चुगल पठाइदिन्छु भनेर ठगेको आरोपमा पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख १४, बिहीबार १५:३३
file-photo

काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–१ घर भएर ललितपुर बस्ने ४० वर्षीय कृतक बहादुर साउँद रहेका छन् ।

‘पोर्चुगलको प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु’ भनेर आरोपीले पीडितसँग १३ लाख ९२ हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

आरोपीले दिनेश बमलाई पोर्चुगल पठाउँछु भनेर अजरबैजानसम्म पठाएर अलपत्र पारेर सम्पर्कविहीन भएको आरोप छ । आरोपीलाई सिनामंगलबाट पक्रेर वैदेशिक रोजगार विभागमा बुझाएको जनाइएको छ ।