श्रीमतीले बन्चरो प्रहार गर्दा श्रीमानको मृत्यु
दाङ । दाङमा श्रीमतीले बन्चरो प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । जिल्लाको बङ्गलाचुली गाउँपालिका वडा नम्वर १ स्युजामा बिहीबार बिहान अन्दाजी ९ बजेको समयमा श्रीमती केशरा परियारको बन्चरो प्रहारबाट ६४ वर्षीय श्रीमान् रेशम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार, घरायसी विवादका कारण श्रीमतीले टाउकोमा बन्चरोले प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको हो । बन्चरो प्रहार गर्ने श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
