राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरको नेतृत्वमा स्याङ्तान
मकवानपुर । राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरको अध्यक्षमा मिरा स्याङतान चयन भएकी छन् । मञ्चको बिहीबार हेटौंडामा भएको सातौं जिल्ला अधिवेशनबाट स्याङ्तानको नेतृत्वमा कार्यसमिति चयन गरिएको हो ।
यस्तै, मञ्चको उपाध्यक्षमा जयबहादुर वाईव, देवकृष्ण थोकर, सचिवमा विष्णु आचार्य, सहसचिवमा सुलाल गोले, कोषाध्यक्षमा ठुलीमायया मुक्तान चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः शुष्मा भ्लोन, रामबहादुर थिङ, सबालसिंह थिङ, सुदिप जिम्वा, रुक्मणी तिमल्सीना तथा सुर्यबहादुर सापकोटा चयन भएका छन् ।
