प्रतिबन्धित लागूऔषधसहित तीन जना नियन्त्रणमा
झापा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले झापाबाट तीन जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार साँझ इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका ५ मा भारतबाट नेपाल तर्फ आउँदै गरेका तीन जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीको नियन्त्रणमा हुनेहरुमा नुवाकोट तार्केश्वर गाउँपालिका ३ बस्ने ३० वर्षका सविन परियार, सिन्धुली दुधौली नगरपालिका ११ बस्ने ३० वर्षाका खड्ग सुनुवार र झापा मेचीनगर नगरपालिका ५ बद्रीटोल बस्ने २३ वर्षाका विक्रम दनुवार रहेका छन् ।
प्रहरीले निजहरूको साथबाट लागूऔषध खैरो हेरोइन ७० ग्राम बरामद गरेको छ । प्रहरीको नियन्त्रणमा रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान सुरु गरिएको जनाइएको छ ।
