ट्याक्टरमा लोड गरेको रडले घोच्दा सैनिक जवानको मृत्यु

तु खबर संवाददाता
२०८० बैशाख १५, शुक्रबार १५:३०

बारा । बाराको सिसहनियामा ट्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, बा ८० प ८२८० नंको मोटरसाइलमा सवार मृतक वीरगञ्जबाट कलैया जाने क्रममा कलैया उपमहानगरपालिका–२४ सिसहनियामा ना ५ त ४०२१ नंको ट्याक्टरमा रहेको फलामको रडले घोच्दा घटनास्थलमा मृत्यु भएको हो ।

मृतक राम कलैया उपमहानगरपालिका–१६ मझैलिया निवासी हुन् । ट्याक्टर चालक रौतहट जिल्ला देवाही गोनाही नगरपालिका–५ टिकुलिया निवासी ३२ वर्षीया रमेश तिवारीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।