थप १११ जनामा कोरोना पुष्टि, एकको मृत्यु

तु खबर संवाददाता
२०८० बैशाख १४, बिहीबार १८:०६
file-photo

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप एक जनाको मृत्‍यु भएको हो ।

पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा २ हजार ५१७ जनाको नमुनामध्‍ये १ हजार ४० जनाको पीसीआर परीक्षण गर्दा ७८ जना र १ हजार ४७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी १११ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, कोरोनाको संक्रिय संक्रमितको संख्या ३७८ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा १८ जना, आईसीयूमा ६ जना र १ जना भेन्टिलेटरमा उपरचाररत छन् ।

मन्त्रालयका अनुसार बिहीबार मात्र ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमण बढेसँगै कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।