गण्डकीका मुख्यमन्त्री पाण्डेले आज सपथ लिँदै
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनियताका शपथ लिने भएका छन् ।
नेकपा माओवादीलगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज अपरान्ह १२ बजे पद तथा गोपनीयताका सपथ लिने भएका हुन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनको पद तथा गोपनीयताको सपथ गराउने छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख गुरुङले बिहीबार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
