गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे

तु खबर संवाददाता
२०८१ जेष्ठ १६,बुधबार १७:२६
file-photo

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (३) बमोजिम पाण्डेलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

गत १४ जेठमा सर्वोच्च अदालतले कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो । सोही अनुरुप पाण्डेललाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो ।

अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उनी पदमुक्त हुने फैसला गरेको थियो ।