गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे

तु खबर संवाददाता
२०८० बैशाख १४, बिहीबार १७:०२
file-photo

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री पाण्डेले शुक्रबार मात्रै पद तथा गोपनीताको शपथ ग्रहण गर्ने भएका छन् ।