वीरगञ्जबाट हेटौंडा आउँदै गरेको सुमोमा लागूऔषध बरामद, एक जना पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख १४, बिहीबार १७:३६

बारा । बाराको जितपुरसिमारा उपमहानगरपालिका–२१ स्थित सडकबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोईनसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध खैरो हेरोइन २०० ग्रामसहित भारत गोरखपुर खजुरी पंचायत बस्ने ६० वर्षीय संतोष कुमार त्रिपाठीलाई बिहीबार बिहान पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुािर, विशेष सूचनाको आधारमा वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ ज २०८६ नम्बरको टाटा सुमो प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार त्रिपाठीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानून कारबाही अगाडि बढाएको जनाइएको छ ।