कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?

तु खबर संवाददाता
२०८० बैशाख १३, बुधबार १५:२३

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको भाउ बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको जानकारी गराएको हो ।

भाउ बढेसँगै आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार पनि छापावाल सुनको भाउ तोलामा १ लाख ९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ थियो ।

सुनको भाउ लगातार दोस्रो दिन पनि बढेका हो । सुनको भाउ बढेको दिन चाँदीको मूल्य भने घटेको महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ प्रतितोला १ हजार ४२० रुपैयाँ कायम थियो ।