करेन्ट लागेर युवकको मृत्यु
रौतहट । रौतहटमा बुधबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको कटहरिया नगरपालिका–९, दुमरिया गाउँका बिसा पासवानको १५ वर्षीय छोरा चन्दन पासवानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बुधबार दिउँसो आफ्नै खेतमा विद्युत मोटर जोडेर पानी तान्ने क्रममा पासवानलाई करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत भएका चन्दनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको र घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
