बागमती प्रदेश मन्त्रिपरिषदको बैठक सकियो, यस्ता छन् निर्णय

तु खबर संवाददाता
२०८० बैशाख १३, बुधबार १६:०६

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

बैठकले बागमती प्रदेश सभाको हिँउदे अधिबेशनको अन्त्य गरेको प्रवक्ता श्रेष्ठले बताए । यस्तै, बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृती दिएको छ ।

यसैगरी बैठकले युवा बैैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृती दिने निर्णय गरेको उनले बताए ।