इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख १३, बुधबार १५:३८
सांकेतिक तस्बिर

काठमाडौं । ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमाप्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरिकला दाहाल रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–७ चावहिलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, वैदेशिक रोजगारीको लागि इजरायल पठाई कन्सट्रकसनको काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको छ ।