उप–निर्वाचन : यी उम्मेदवारले १० मत पनि कटाउन सकेनन्

तु खबर संवाददाता
२०८० बैशाख १३, बुधबार १७:४७

काठमाडौं । बैशाख १० गतेको सम्पन्न उप–निर्वाचनमा १७ जना उम्मेदवारले १० मत पनि कटाउन नसकेको पाइएको छ ।

बारा २ बाट स्वतन्त्र उम्मेदवारहरु उमेश प्रसाद यादव, जितेन्द्र प्रसाद यादव, उमाकुमारी कुशवाहा, शम्भु प्रसाद तेली, सुरेन्द्र कुमार सिंह, दुर्गा प्रसाद कोइरी, दिनेश प्रसाद यादव, सुरज साह तेली र रामबालक महरा चमारले क्रमशः ९, ८, ७, ७, ७, ६, ६, ६ र ५ मत पाएको हो ।
यसैगरी, स्वतन्त्र उम्मेदवार नै रहेका छोटेलाल महतो कोइरी, सिगारी देवी, विनोद कुमार कर्ण र राधिका न्यौपाने साहले पनि क्रमशः ४, ३, ३ र २ मत प्राप्त गरे ।

यस्तै, चितवन २ मा पनि तीन उम्मेदवारले १० मत कटाउन सकेनन् । स्वतन्त्र उम्मेदवारहरु रामकृष्ण ओझा, सन्तोष थापा र तारा प्रसाद पौडेलले क्रमशः ९, ३ र २ मत प्राप्त गरे ।

यस्तै, तनहुँमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का गणेश श्रेष्ठले जम्मा ५ मत पाए । बारा–२, चितवन–२ र तनहुँ–१ मा सम्पन्न उप–निर्वाचनमा भाग लिएका ६५ उम्मेदवारमध्ये ५६ उम्मेदवारको जमानत नै जफत भएका निर्वाचन आयोगले जनाएको छ ।