समाचार
सर्वोच्च अदालतमा ५८.८२ प्रतिशत मुद्दा फर्स्योट
काठमाडौं । सर्वोच्च अदालतमा गत वर्ष ५८.८२ प्रतिशत मुद्दा फर्स्योट गरिएको छ । सर्वोच्च र मातहत अदालतहरूमा गत वर्षबाट जिम्मेवारी सरेको १ लाख ४४ हजार ५२७ समेत गरी कूल ४ लाख ५ हजार ६९ मुद्दामध्ये २ लाख ३८ हजार २६९ मुद्दा फर्स्योट गरिएको हो । अझै पनि १ लाख...
कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?
काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको भाउ प्रतितोलामा एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज सुन प्रतितोला ८०० रुपैयाँले घटेर उक्त मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, नयाँ वर्षको दिन शुक्रबार र भोलिपल्ट शनिबार सार्वजनिक बिदा...
लागूऔषधसहित २ जना पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुर्भाकोट नगरपालिका–७ बस्ने २८ वर्षीय झलक वादी र सोही पालिकाको वडा नं–९ का ३३ वर्षीय हरि विक रहेका छन् । प्रहरीका अनुसार, उनीहरूलाई भेरीगंगा नगरपालिका–८ गोचे खोलाबाट पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय छिन्चुबाट सादा पोसाकमा...
८०४ वटा भित्तेपात्रोलाई स्वीकृती प्रदान
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं. २०८० का लागि ८०४ भित्तेपात्रो (क्यालेण्डर) लाई स्वीकृती प्रदान गरेको छ । भित्तेपात्रो प्रकाशन गर्नेले समितिको स्वीकृती लिनुपर्ने गरी सरकारले २०७७ पुस २० गते गठन आदेश जारी गरेको थियो । गठन आदेश वमोजिम वि.सं. २०८० का लागि हालसम्म ८०४ वटा भित्तेपात्रोले...
कोरोना संक्रमणबाट महिलाको मृत्यु
धनगढी । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, आइसीयूमा उपचाररत उनमा गत...
ए डिभिजन लिग : आज दुई खेल हुँदै
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुने भएको छ । आज एक खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुने भएको हो । च्यासल मैदानमा सङ्कटा क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा रोयल ब्लु सातदोबाटो...
धारिलो हतिया प्रहार गरी युवकको हत्या
बैतडी । बैतडीमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँ बस्ने अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जोशी शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा भेटिएको हो । वासुदेवको कसले र किन हत्या...
आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज तीन वटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक...
हेटौंडाका तीन जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित शनिबार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० न्युरेनीबाट अवैध लागूऔषध खैरोहिरोईन जस्तो देखिने धुलो पदार्थ ३५० मिलिग्रामसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हेटौंडा–१०, न्युरेनी बस्ने ४१ वर्षीय होमबहादुर थापा मगर, सोही ठाउँ बस्ने...
आजदेखि नयाँ शैक्षिक सत्र सुरु
काठमाडौं । नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक नपाउने अवस्था केही जिल्लामा हुन्थ्यो । यस पटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने शिक्षा, विज्ञान तथा प्रविधि...










