सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सर्यो
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाई एक सातापछि सरेको छ ।
सोमबार न्यायाधीश दीपक ढकालको इजलासमा पीडितका कानून व्यवसायीहरुले बहस गरे । सोमबार दुबै पक्षको सुनुवाइ नसकिएपछि मुद्दा अर्को साताका लागि सरेको काठमाडौं जिल्ला अदालतका एक अधिकारीले जानकारी दिए ।
न्यायाधीशले उक्त मुद्दालाई निरन्तर सुनुवाई गर्ने आदेश नगरेकाले अर्को साता यो मुद्दा कुन इजलासमा पर्नेछ भन्ने टुंगो छैन ।
