रहेन ढाका कुमार श्रेष्ठको सांसद पद

तु खबर संवाददाता
२०८० बैशाख १२, मंगलवार १७:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको आजदेखि स्थान रिक्त भएको छ । सभामुख देवराज घिमिरेले मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सो कुराको जानकारी गराएका हुन् ।

एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो ।

रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यसअनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराएका हुन् ।