प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

तु खबर संवाददाता
२०८० बैशाख १२, मंगलवार ०९:५८
file-photo

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।