चितवनमा रवि ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि

तु खबर संवाददाता
२०८० बैशाख १२, मंगलवार ०८:१९
file-photo

काठमाडौं । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।

५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् ।

रवि लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि छन् ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने सांसद निर्वाचित भएका थिए ।

तनहुँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्ले भारी मत अन्तरले विजयी भइसकेका छन् ।