कांग्रेस संसदीय दलको बैठक बस्दै

तु खबर संवाददाता
२०८० बैशाख १२, मंगलवार ०९:०८

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बानेश्वरस्थित संसद भवनमा मंगलबार बिहान १० बजे बस्ने भएको हो ।

सोमबारबाट जारी बैठकमा आर्थिक बर्ष २०८०/८१ को बजेटका सन्दर्भमा छलफल भइरहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रेमश लेखकले जानकारी दिए ।

सोमबारको बैठकमा दलको नेता शेरबहादुर देउवाले बजेटबाट राय दिन सांसदलाई आग्रह गरेका थिए । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र र आगामी बजेटको आकारबारे बिफ्रिं गरेका थिए ।

सांसदहरुलाई तीन मिनेटमा आफ्नो राय राख्न भनिएको छ । सोमबार २० जना सांसदले आफ्नो राय राखेका थिए ।