कमल थापाको निर्वाचन खर्च साढे १५ लाख

तु खबर संवाददाता
२०८० बैशाख ११, सोमबार १६:०५
file-photo

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा साढे १५ लाखभन्दा बढी खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

अध्यक्ष थापाले रु १५ लाख ३७ हजार ३४० रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा थापाले मकवानपुर १ बाट सूर्य चिन्ह लिएर चुनावी प्रतिस्पर्धा गरेका थिए ।

थापाका निर्वाचन प्रतिनिधि राजाराम बर्तौलाले बुझाएको विवरण अनुसार सवारी साधनमा दुई लाख, सम्पर्क कार्यालय सञ्चालनमा तीन लाख, गोष्ठि, अन्तरक्रिया शिर्षकमा दुई लाख, प्रतिनिधि परिचालनमा चार लाख, प्रचारप्रसार सामग्रीमा १ लाख ७७ हजार ९ सय र प्रचारप्रसारको लागि छापा एवम् विद्युतिय माध्यममा दुई लाख ५९ हजार ४४० खर्च भएको उल्लेख गरिएको छ ।