बालिका बलात्कार आरोपमा युवक पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख १०, आईतवार १५:४६
सांकेतिक तस्बिर

दाङ । दाङमा ९ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका–१ बाहुनटाढी बस्ने २१ वर्षीय राम नेपालीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बालिकालाई ललाई फकाई गरी सोही ठाउँको खरबारीमा लगेर रामले जबरजस्ती करणी गरेको हो ।

रामलाई जिल्ला प्रहरी कार्याल दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।