राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार

तु खबर संवाददाता
२०८० बैशाख ९,शनिबार ०८:४५
file-photo

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ ।

भारतको नयाँ दिल्लीमा उपचाररत पौडेलको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उनको स्वास्थ्य उपचार बुधबारदेखि तेस्रो दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए ।