समाचार
एमाले संसद विघटनको दाउमा रहेको माधव नेपालको आरोप
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन् । अध्यक्ष नेपालले नसरीको इनरुवामा बुधबार सञ्चारकर्मीहरु कुराकानी गर्दै यस्तो आरोप लागएका हुन् । उनले एमालेको यो सोचलाई पूरा हुन नदिने बताए । अध्यक्ष नेपालले संविधान मिच्ने कुरालाई आफूले समर्थन...
९० वर्षीया वृद्धाको हत्या, छोरा पक्राउ
काभ्रे । काभ्रेको पनौती नगरपालिका–११, बल्थलीमा एक जना वृद्धाको हत्या भएको छ । हत्या हुनेमा स्थानीय ९० वर्षकी वृद्धा कान्छी थापा रहेकी छन् । उनको धारिलो हतियार प्रहारबाट हत्या भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । प्रहरीका अनुसार, हत्या आरोपमा उनका ५२ वर्षका छोरा विश्व थापा पक्राउ परेका...
नेटवर्किङ व्यवसायबाट ५० लाख भन्दा बढी ठगी, राई पक्राउ
काठमाडौं । नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरानकी जुनुकला राई रहेका छन् । ३५ वर्षकी राईले चावहिल गंगाहिटीमा भिजन ड्रिमरी प्रालि नामक कम्पनी सञ्चालन गरेर युवा युवतीलाई आकर्षक आम्दानीको लोभ देखाएर ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ...
उप–निर्वाचन पर्यवेक्षण गर्न ६ संस्थालाई अनुमति
काठमाडौं । आगामी बैशाख १० मा हुने उप–निर्वाचनको पर्यवेक्षण गर्न ६ वटा संस्थाले अनुमति लिएका छन् । बारा–२, चितवन–२ र तनहुँ–१ मा हुने उप–निर्वाचनको पर्यवेक्षण गर्न ६ वटा संस्थाले अनुमति लिएको हो । अनुगमन गर्न निर्वाचन आयोगले राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ...
नयाँ वर्षदेखि माओवादी मन्त्री भेटघाट सिंहदरबार धाउन नपर्ने
काठमाडौं । नयाँ वर्षदेखि नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई भेट्न अब सिंहदरबार धाउन नपर्ने भएको छ । माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुसँग केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था गर्न लागिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । बैशाख १ गतेदेखि माओवादी मन्त्रीहरुलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था...
अनेमसंघको केन्द्रीय कमिटिमा मकवानपुरका तीन जना
मकवानपुर । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) को केन्द्रीय कमिटिमा मकवानपुरका तीन जना मनोनयन भएका छन् । काठमाडौंमा सम्पन्न अनेमसंघको सातौं राष्ट्रिय अधिवेशनबाट मकवानपुरका दुई जना र अधिवेशनपछि बसेको पहिलो बैठकले मकवानपुरबाट थप एक जनालाई केन्द्रीय कमिटिमा मनोनित गरेको हो । अधिवेशनले मकवानपुरबाट पद्मा पौडेल तथा...
विभिन्न मुद्दाका फरार १४ जना अभियुक्त पक्राउ
रौतहट । विभिन्न मुद्दाका १४ जना फरार अभियुक्त रौतहट प्रहरीले पक्राउ गरेको छ । गत फागुन र चैत्र २७ सम्मको अवधिमा जिल्ला प्रहरी तथा तथा मातहतका युनिटबाट खटिएको प्रहरी टोलीले फरारको सूचीमा रहेका १४ जना फरार अभियुक्तलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार...
ए डिभिजन लिगमा आज तीन खेल हुँदै
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदैछन् । दुई खेल दिउँसो २ बजेबाट सुरु हुनेछ भने एक खेल साँझ ५ः४५ बजेबाट सुरु हुनेछ । आजका तीन खेलमध्ये दुई खेल दशरथ रङ्गशाला हुनेछ भने एक खेल च्यासल मैदानमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो...
रास्वपाको बैठक बस्दै, सांसद श्रेष्ठबारे निर्णय लिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक बुधबार बिहान ९ बजे बस्न लागेको हो । केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो । समितिसँगको...
सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक गएराति कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । गएराति १२ः३० बजे भारतीय नम्बरप्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार, मृतकमध्ये एक पुरुषको सिन्धुली...










