समाचार

‘एकीकृत समाजवादी प्रदेश सरकारहरूमा सहभागी हुन्छ’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने बताएका छन् । मंगलबार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । अध्यक्ष नेपालले आफूहरू संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागी...

१२ लाख ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौं । स्लोभाकिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फागुनन्द गाउँपालिका–३ घर भएर ललितपुर बस्ने ४५ वर्षीय एकराज नेम्वाङ छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनले स्लोभाकिया जान १२ लाख लाग्ने र त्यहाँ...

थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४३६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोही अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् । यसअघि सोमबार २ हजार ५६६ नमुनामध्‍ये...

शिक्षा मन्त्रालयद्वरा आफूखुसी शुल्क नबढाउन निजी विद्यालयलाई निर्देशन

काठमाडौं । शिक्षा मन्त्रालयले निजी विद्यालयहरूलाई आफूखुसी शुल्क नबढाउन निर्देशन दिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० को विद्यार्थीका सम्बन्धनमा केही निजी लगानीका विद्यालयहरूले आफूखुसी जथाभाबी ढंगले शुल्क नउठाउन निर्देशन दिएको हो । स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क...

बागमती प्रदेश मन्त्रिपरिषद् : यस्ता छन् निर्णय

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । बैठकले प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत...

अब फेरि कांग्रेसले सरकारको नेतृत्व लिने देउवाको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब फेरि कांग्रेसले सरकारको नेतृत्व लिने दाबी गरेका छन् । सभापति देउवाले मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनमा बोल्दै यस्तो बताएका हुन् । कार्यक्रममा उनले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै अहिले संयुक्त सरकार...

मंगलबार दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से सूचक २७.३१ अंकले बढेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता शेयर किनबेच हुँदा जम्मा ९४ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको...

एक महिनामा १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीबाट एक महिनाको अवधिमा १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक अनुसार, उक्त रकम बराबरको रेमिट्यान्स भित्रिएको पाइएको छ । यसको वृद्धिदर २५.३ प्रतिशत...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पर्वत । पर्वतको महाशिला गाउँपालिकामा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग २ च ६९० नंको जिप महाशिला–५ काहुलेमा दुर्घटना हुँदा चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ...

दोल्ती पावर कम्पनीको आईपीओ आजबाट खुला

काठमाडौं । दोल्ती पावर कम्पनीले सर्वसाधारणका लागि मंगलबारबाट आईपीओ खुला गरेको छ । इच्छुक व्यक्तिले उक्त शेयरमाआजबाट २०८० बैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा बैशाख १२ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ...