समाचार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ । नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गराइरहेका राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको दिल्लीस्थीत नेपाली राजदूतावासले जनाएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई बुधवार एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको थियो ।

१५ अंकले घट्यो नेप्से, ९७ करोड ८५ लाखको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १५.७३ अंकले घटेर १९०४ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६७ कम्पनीको ३१ लाख ९४ हजार ८२७ कित्ता शेयर किनबेच हुँदा ९७ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार...

उप–निर्वाचन बहिष्कार गरौं भन्दै प्रचारप्रसार गर्ने चार जना पक्राउ

तनहुँ । आइतबार हुन लागेको उप–निर्वाचन बहिष्कार गरौँ भन्दै प्रचारप्रसार गर्ने चार जनालाई प्रहरीले तनहुँको दमौलीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुष्पलाल श्रेष्ठ, रामबहादुर बुढा, धनबहादुर परियार लगायत ४ जना रहेका तनहुँ प्रहरीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र वैज्ञानिक समाजवादी...

करिब डेढ महिनापछि पुनः संचालनमा आयो हेटौंडा सिमेन्ट उद्योग

मकवानपुर । करिब डेढ महिना अघिदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगमा बिहीबारबाट पुनः उत्पादन सुरु गरिएको छ । सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग उत्पादनको लागि आगो बाल्ने भट्टिमा प्रयोग हुने क्लिङ्करमा समस्या देखिएपछि करिब ६ हप्ताअघिदेखि बन्द रहेको थियो । उद्योग व्यवस्थापनले बाहिरबाट विभिन्न उपकरणहरु ल्याएर जडान तथा...

आदिवासी जनजाति आयोगद्वारा प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आदिवासी जनजाति आयोगले आज बिहीबार आफ्नो तेस्रो वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका सदस्य रीना रानाले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०७८÷०७९ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष पेश गरेकी हुन् । प्रतिवेदन पेश गर्दै आयोगका...

दुई लाख भारतीय नोटसहित एक जना पक्राउ

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका–१ स्थित खाँडो खोलाबाट भारतीय नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यअन्तर्गत मधेपुरा जिल्ला ग्रामपञ्चायत रायभिर वडा नं १५ थाना वसन्तपुर घर भएका ४१ वर्षका विधानन्द कुमार विमल रहेका छन् । उनलाई बुधबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको...

१६ जना मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका १६ जना मोतियाविन्दु भएका बिरामीको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । मंगलबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा उनीहरुको शल्यक्रिया गरिएको हो । गएको चैत्र २९ गते कैलाश गाउँपालिका वडा नम्वर–३ कालिकाटारमा आयोजना गरिएको आँखा शिविरमा १८६ जना आँखाका विरामीको परीक्षण गरिएकोमा २१ जनामा मोतियाविन्दु देखिएको...

तरूण दलद्वारा उप–निर्वाचनका लागि प्रतिनिधि खटायो

काठमाडौं । आसन्न बैशाख १० मा हुने उप–निर्वाचनका लागि नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले केन्द्रीय प्रतिनिधि खटाएको छ । उप–निर्वाचनमा कांग्रेस र वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्न तरूण दलले केन्द्रीय प्रतिनिधि खटाएको हो । बारा–२ मा अशोक झा र विवेक चौरसियालाई प्रतिनिधि टाइएको तरूण दल...

ए डिभिजन लिग अन्तरगत आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल आज दुई खेल हुँदैछ । आज हुने दशौँ चरणका अन्तिम दुई खेलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा तथा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा थ्रीस्टार क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो...

उप–निर्वाचन : आज रातिबाट मौन अवधि सुरु

काठमाडौं । उप-निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएको छ । आज राति १२ बजेबाट प्रचार–प्रसार गर्न नपाइने गरी मौन अवधि लागू हुने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचार–प्रसार गर्न पाइँदैन । आगामी बैशाख १० गते बारा क्षेत्र...