तरूण दलद्वारा उप–निर्वाचनका लागि प्रतिनिधि खटायो

तु खबर संवाददाता
२०८० बैशाख ७, बिहीबार ०९:२२

काठमाडौं । आसन्न बैशाख १० मा हुने उप–निर्वाचनका लागि नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले केन्द्रीय प्रतिनिधि खटाएको छ ।

उप–निर्वाचनमा कांग्रेस र वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्न तरूण दलले केन्द्रीय प्रतिनिधि खटाएको हो ।

बारा–२ मा अशोक झा र विवेक चौरसियालाई प्रतिनिधि टाइएको तरूण दल केन्द्रीय कार्यालयले जनाएको छ ।

साथै चितवन–२ मा रत्न महर्जन र आरसी भट्टराईलाई तथा तनहुँ–१ मा ललित गुरूङ र सागर गुरूङलाई केन्द्रीय प्रतिनिधि बनाइएको छ ।