समाचार

उप–निर्वाचन प्रचार–प्रसारका लागि हेलिकप्टर प्रयोग नगर्न आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले उप–निर्वाचनको प्रचार–प्रसारका लागि हेलिकप्टर प्रयोग नगर्न चेतावनी दिएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै यही बैशाख १० गते बारा, चितवन र तनहुँ जिल्लामा हुन लागेको निर्वाचन प्रयोजनको लागि निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा हेलिकप्टर प्रयोग नगर्न चेतावनी दिएको हो । साथै हेलिकप्टर सेवा प्रदायक...

हेटौंडामा सवारी दुर्घटना, चार जना घाइते

मकवानपुर । पुर्वपश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे नयाँबस्ती चोकस्थित आज दिउँसो सवारी दुर्घटना चार जना घाइते भएका छन् । दिउँसो २ः३५ बजेको समयमा बाराबाट हेटौंडा बजार तर्फ आउँदै गरेको ना ५ ख ८५६२ न.को जिप्सन लोड ट्रकले विपरित दिशाबाट जाँदै गरेको टिएस ०९...

बाघको आक्रमणबाट हेटौंडाका घलान र थिङ घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित चुरियामाई सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा स्थानीय १७ वर्षीय सुमन घलान र ६५ वर्षीय कृष्णबबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव...

धारिलो हतियार प्रहारबाट हेटौंडाका थिङ घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पुष्पलाल पार्क नजिकै एक युवकमाथि मंगलबार दिउँसो धारिलो हतियार प्रहार भएको छ । हेटौंडा उपमहानगरपालिका–८ फारलाईन बस्ने १७ वर्षीय सन्दिप थिङमाथि धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, मंगलबार...

पाँच जना नेताको नागरिकता छानबिनको माग गर्दै निवेदन दर्ता

काठमाडौं । नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल (सफल) ले नेपालका विभिन्न पार्टीमा रहेका नेताहरूको नागरिकताबारे प्रश्न उठेकोले आवश्यक छानबिनको माग गर्दै निवेदन दिएका छन् । पौडेलले स्वर्णिम वाग्ले, राजेन्द्र महतो, सरिता गिरी, सुजात कोइराला रेणु दाहाल, मिनेन्द्र रिजाललगायतका नेताहरूको नागरिकता छानबिन गर्न आग्रह गर्दै गृह मन्त्रालयमा निवेदन दर्ता...

मुख्यमन्त्री जम्मकट्टेलको १०० दिन : नीतिगत निर्णय बाहेक सबै प्रकृयागत काम

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आफ्नो नेतृत्वको सरकारको १०० दिनका उपलब्धिहरु सार्वजनिक गरेका छन् । मुख्यमन्त्री जम्मकट्टेलले मंगलबार साँझ पत्रकार सम्मेलनको आयोगजना गरी १०० दिनको उपलब्धि सार्वजनिक गरेका हुन् । गत पुस २५ गते सत्तारोहण गरेका मुख्यमन्त्री जम्मकट्टेलले हालसम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । राजनीतिक...

सडेको अवस्थामा शव फेला

गुल्मी । गुल्मीमा बेवारिसे अवस्थामा एक जनाको शव फेला परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । गुल्मी प्रहरीका अनुसार, उक्त शव नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा फेला परेको हो...

यी हुन् खर्च विवरण पेस नगर्ने उम्मेदवारहरू (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगर्ने उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । आयोगले आज एक सूचना सार्वजनिक गर्दै उम्मेदवार र संलग्न पार्टीको नाम तोकेर सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।खर्च...

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना रुस जाँदै

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस जाँदैछन् । रूसको माथिल्लो सदन संघीय सभा, संघ परिषदका अध्यक्ष भ्यालिन्टिना म्याटभियन्कोको निमन्त्रणामा उनी आज रुस जान लागेका हुन । बिहान १० बजे रुस तिर प्रस्थान गर्ने उनको टोलीमा ८ जना सदस्य रहनेछन् । अध्यक्ष तिमिल्सिना रुस जाने भए पछि...

कर्णाली प्रदेश : कांग्रेसबाट सिफारिस मन्त्रीको आज शपथ

सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार सिफारिस गरिएका नेपाली कांग्रेसका तीन जना मन्त्रीको शपथ आज हुँदैछ । मंगलबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी कृष्ण कुमार बिसी, खड्ग बहादुर पोखरेल र बेदराज सिंहलाई सरकारमा पठाउने निर्णय गरेको हो । सिंहले आर्थिक...