सडेको अवस्थामा शव फेला

तु खबर संवाददाता
२०८० बैशाख ६, बुधबार ०९:४५

गुल्मी । गुल्मीमा बेवारिसे अवस्थामा एक जनाको शव फेला परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

गुल्मी प्रहरीका अनुसार, उक्त शव नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा फेला परेको हो । घटनास्थलमा मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी पहिचानको लागि शव गुल्मी अस्पतालमा राखिएको छ ।

आफन्त वा नातेदार कोही हराएको छ भने शवको पहिचान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क राख्न प्रहरीले अनुरोध समेत गरेको छ ।