बाघको आक्रमणबाट हेटौंडाका घलान र थिङ घाइते

तु खबर संवाददाता
२०८० बैशाख ६,बुधबार १५:३७
file-photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित चुरियामाई सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा स्थानीय १७ वर्षीय सुमन घलान र ६५ वर्षीय कृष्णबबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उनीहरुमाथि बिहान ८ः१५ बजेको समयमा घरबाट अन्दाजी २०० मिटर पर बाख्रा चराउने क्रममा बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमणबाट सुमनको दाहिने कुम, ढाडको बाँया साईड, छातिमा चोक लागेको छ भने कृष्णबहादुरको घाँटीमा गहिरो चोट लागेको छ । घाइतेमध्ये सुमनको अवस्था मध्यम र कृष्णबहादुरको अवस्थामा गम्भीर रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

घाइते दुबै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उक्त बाघ जंगलतर्फ गएको र वनको कर्मचारीसँग समन्वय गरी बाघको खोजीकार्य गरिरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।