अवैध लागूऔषधसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख ८, शुक्रबार १६:३१
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले लागूऔषधसहित देशका विभिन्न जिल्लाबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र धादिङ जिल्लामा गरी दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीले कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर सि जमारा टोल बस्ने ४० वर्षीया धना तिवारीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनको घरबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले धादिङको गल्छी गाउँपालिका–७ गल्छी बस्ने २२ वर्षीय राज कुमार तामाङलाई अवैध लागूऔषध गाँजा ३ केजीसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।